बराललाई साहित्य परिषद्को बधाई

IMG-20241221-WA0390

गान्तोक: वर्ष २०२४-को अकादेमी पुरस्कार विजेता युवा बराललाई नेपाली साहित्य परिषद् सिक्किमले बधाई दिएको छ। शनिवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले साहित्यकार बराललाई बधाई दिएको छ। गत १८ दिसम्बरको दिन साहित्य अकादेमी नयाँ दिल्लीले साहित्यकार बरालको कथा सङ्ग्रह ‘छिचिमिरा’-लाई साहित्य अकादेमी पुरस्कार-२०२४ चयन गरिएको घोषणा गरेको थियो। पूर्व सिक्किमको पाकिम जिल्लाअन्तर्गत बिरिङ निवासी साहित्यकार बराल यसअघि पनि धेरैवटा पुरस्कारले विभूषित भइसकेका छन्। उनका प्रकाशित कृतिहरूमा जिउनी (कथा सङ्ग्रह), घात प्रतिघातका ऐंठनहरू (कविता सङ्ग्रह), गोजिका (लघु कथा सङ्ग्रह) र छिचिमिरा (कथा सङ्ग्रह) रहेका छन्। साहित्य परिषद्ले साहित्यकार बराललाई एक लगनशील साहित्यकार बताउँदै उनका कलमले भविष्यमा अझ बढी कृतिहरू दिएर साहित्यिक ढिकुटीलाई थप समृद्ध बनाउनेछ भन्ने आशा राखेको छ। बरालका ओजस्वी कलम अझ सशक्त बनोस् भन्ने कामना पनि परिषद्ले गरेको छ। साहित्यकार बराल नेपाली साहित्य परिषद् सिक्किमका कार्यकारी सदस्य पनि हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement