जालसाजीको मामिलामा पूर्व क्रिकेटर उथप्पाविरुद्ध वारण्ट जारी

IMG-20241221-WA0375

बेंगलुरु: भारतका पूर्व ब्याटर रबिन उथप्पाविरुद्ध एरेष्ट वारण्ट जारी गरिएको छ। भविष्य निधि (प्रोभिडेण्ट फण्ड) मामिलासँग सम्बन्धित कर्मचारीहरू र सरकारलाई धोका दिएको एउटा कथित मामिलामा उथप्पाविरुद्ध वारण्ट जारी भएको छ। सेण्टोरस लाइफस्टाइल ब्राण्ड्स प्राइवेट लिमिटेडका निदेशकको रूपमा उथप्पामाथि कर्मचारीहरू र सरकारलाई वेतनबाट पीएफ योगदानमा कटौती गर्ने तर कर्मचारीहरूका खाताहरूमा धनराशि जमा नगरेको आरोप छ। कम्पनीमाथि कथित रूपमा २३.३६ लाख रुपियाँको रकम बाँकी रहेको छ। जालसाजीको आरोपमा क्षेत्रीय भविष्य निधि आयुक्त शादक्षीरी गोपाल रेड्डीले ४ दिसम्बर २०२४-मा एउटा पत्र जारी गरी पुलकेश नगर पुरिसलाई उथप्पालाई पक्राउ गर्ने निर्देश दिए। त्यही आधारमा पुलिसले उथप्पाको घरमा नोटिस जारी गरेको थियो तर वर्तमानमा उनी त्यस ठेगानामा छैनन्। यसैकारण पुलिसले उथप्पाविरुद्ध पक्राउ गर्ने वारण्ट जारी गरेको छ। उल्लेखनीय छ, उथप्पाले भारतको निम्ति ५९ वटा अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। यसबाहेक उनी आईपीएलका सफलतम ब्याटरहरूमा एक हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement