नयाँ दिल्ली: केन्द्रीय गृह एवं सहकारिता मन्त्री अमित शाहले त्रिपुराको अगरतलामा एनईएसएसी सोसाइटीको १२औँ बैठकको अध्यक्षता गरे। यस अवसरमा केन्द्रीय संचार एवं पूर्वोत्तर विकास मन्त्री ज्योतिरादित्य एम सिंधिया, त्रिपुराका मुख्यमन्त्री डा माणिक साहा, असमका मुख्यमन्त्री हिमन्त विश्व सरमा, मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंह, अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डु, सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ, केन्द्रीय उत्तरपूर्वी विकास राज्य मन्त्री सुकान्त मजुमदार, केन्द्रीय गृह सचिव गोविन्द मोहन, अन्तरिक्ष विभागका सचिव डा एस सोमनाथ, र आसूचना ब्यूरोका निर्देशक तपन डेका लगायत केन्द्र सरकार र पूर्वोत्तरका राज्य सरकारका वरिष्ठ अधिकारीहरूसहित धेरैजना विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

आफ्नो सम्बोधनमा केन्द्रीय गृहमन्त्री अमित शाहले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा पछिल्लो १० वर्षमा भारतको अन्तरिक्ष क्षेत्रले नयाँ उचाइहरू प्राप्त गरेको छ। एनईएसएसी सोसाइटीको स्थापना भएको २५ वर्षपछि अब यसको कामको सकारात्मक परिणाम देखिन थालेको छ।‘ उनले एनईएसएसी सोसाइटीलाई यी राज्यहरूमा आफ्नो कामको दायरा विस्तार गर्नुपर्ने आवश्यकताबारे बताए। यसका लागि राज्य सरकारहरूले पनि आवश्यक पहल गर्नुपर्ने सुझाव दिए। उनले अमित शाहले एनईएसएसी सोसाइटीलाई आग्रह गरे, ‘पूर्वोत्तरका सबै राज्यहरूबाट विज्ञान पृष्ठभूमि भएका १००-१०० विद्यार्थीलाई भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को मुख्यालय भ्रमण गराउनुपर्छ, ताकि उनीहरूमा अन्तरिक्ष र यससँग सम्बन्धित प्रविधिप्रतिको रुचि जागृत होस्। ‘ यस परियोजनाका लागि उनले पूर्वोत्तर राज्य विकास मन्त्रालयलाई ६० प्रतिशत अंशदान गर्न आग्रह गरे। साथै, उनले पूर्वोत्तर राज्य सरकारहरूलाई ईन्जिनियरिङ कलेजहरूमा अन्तरिक्ष प्रविधिसँग सम्बन्धित नयाँ पाठ्यक्रमहरू शुरु गर्न पनि आग्रह गरे।

केन्द्रीय गृहमन्त्रीले भने, ‘एनईएसएसीको सहयोगबाट हालसम्म २० जलमार्ग निर्माणमा सहयोग प्राप्त भएको छ र सोसाइटीले थप जलमार्गहरू निर्माण गर्ने सम्भावना अन्वेषण गर्नुपर्छ। उनले पूर्वोत्तरका राज्यहरूमा खनिज, तेल, र कोइला भण्डारको विस्तृत नक्शांकन गर्नुपर्ने आवश्यकताबारे पनि बताए। यी खनिज पदार्थहरूको रोयल्टीबाट पूर्वोत्तर राज्यहरूलाई आर्थिक लाभ प्राप्त हुने उनले बताए। केन्द्रीय गृहमन्त्री अमित शाहले भारत-म्यानमार सीमा, विशेषगरी नागाल्याण्ड, मिजोरम, र मणिपुरका बसोबास क्षेत्रहरूको नक्शांकन गर्न सुझाव दिए, ताकि सीमाको बारबन्दीमा मद्दत होस् र घुसपैठका घटनामा रोक लगाउन सकियोस्। यसका लागि सीमावर्ती क्षेत्रमा व्यापक सर्वेक्षणको आवश्यकता रहेको उनले बताए। केन्द्रीय गृहमन्त्रीले एनईएसएसी सोसाइटीलाई अन्तरिक्ष विज्ञानको प्रयोग गरेर वन संरक्षणलाई प्रवर्द्धन गर्न जोड दिए। पुराना नक्शाहरूलाई नयाँ नक्शासँग तुलना गरी आवश्यक कदम चाल्न र सम्भावना भएका स्थानहरूमा राज्य सरकारहरूसँग मिलेर वृक्षारोपणको प्रयास गर्नुपर्ने उनले सुझाए। त्यस्तै, उनले सोसाइटीलाई पूर्वोत्तर राज्यहरूमा बाढीको नक्शांकन गर्न पनि आग्रह गरे। केन्द्रीय गृहमन्त्री अमित शाहले प्रशासनमा स्पेस टेक्नोलोजीको उचित र सकारात्मक प्रयोगका लागि एनईएसएसी सोसाइटीको प्रशंसा गर्नुभयो र आगामी दिनमा यसलाई पूर्वोत्तरजस्ता कठिन भौगोलिक क्षेत्रको विकासमा व्यापक रूपमा प्रयोग गर्न जोड दिए। साथै, उनले एनईएसएसी सोसाइटीलाई आफ्नो राजस्व मोडेल विकास गर्न ध्यान दिन पनि सुझाव दिए। -पीआईबी