मेलबर्नको पीचमा कोहलीको भूमिका महत्त्वपूर्ण हुने बांगड़को भविष्यवाणी

IMG-20241221-WA0374

नयाँ दिल्ली: भारतका पूर्व मुख्य प्रशिक्षक सञ्जय बांगड़ले मेलबर्न क्रिकेट ग्राउण्डमा हुने बक्सिंग डे टेस्ट म्याच विराट कोहलीको निम्ति लय हासिल गर्न एकदम सही रहने बताएका छन्। कोहलीसँग अघि बढ़्ने अनि स्वयंलाई भारतीय ब्याटिंग लाइन अपको आधारको रूपमा फेरि स्थापित गर्ने अवसर रहनेछ। भारत र अष्ट्रेलियाबीच जारी बोर्डर गावस्कर ट्रफी तीनवटा टेस्ट म्याचपछि अहिले १-१-को बराबरीमा रहेको छ। अब चौथो टेस्ट म्याचमा जीत हासिल गर्ने टीमको निम्ति वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी) फाइनलमा पुग्ने सम्भवना दह्रिलो हुनेछ। जारी सीरीजमा कोहलीको फर्म तल-माथि रहेको छ। उनले पर्थ टेस्टमा शतकको साथ भारतलाई जीत दिलाउनमा सहायता गरेका थिए जबकि अन्य दुईवटा म्याचमा उनको प्रदर्शन निराशाजनक रहेको छ। उनले ६ वटा ईनिंग्समा ३०-को औसतले केवल १२६ रन बनाएका छन्। पर्थको शतकलाई छोड़ेर उनले ५ वटा ईनिंग्समा केवल २६ रन बनाएका छन्।
टेस्ट सीरीजमा कोहली फेरि अफ् स्टम्प बाहिरका बलरहरूमा फसिरहेका छन्। अष्ट्रेलियाई बलरहरूले यस कमजोरीको लगातार फाइदा उठाएका छन्। यसबीच पूर्व क्रिकेटर बांगड़ले क्रीजमा धैर्य र शान्त मिजास कोहलीको निम्ति यस संघर्षको निम्ति उपचार साबित हुन सक्छ। बांगड़ले भने, कहिले-काहीँ तपाईंले एकजना ब्याटरको रूपमा आफ्नो स्थितिलाई सामान्य नियन्त्रणमा राख्ने आवश्यकता हुन्छ। खेलप्रति सामान्य समर्पण, क्रीजमा सामान्य समय बिताउनु, केही समयको निम्ति बीचमा आराम, बलरहरूलाई तपाईं समक्ष आउन दिने अनि आफू बलहरू समक्ष नजाने आदि कुराहरूले तपाईंलाई महान खेलाड़ी बनाउँछ। एमसीजी-को मैदानमा कोहलीले अतीतमा धेरै रन बनाएका छन्। यस मैदानमा उनले ५२.६६-को औसतले ३२६ रन बनाइसकेका छन्। २०१४-को बक्सिंग डे टेस्ट म्याचमा उनले यसै मैदानमा १६९ रन बनाएका थिए। मेलबर्नको पीचलाई बाउन्सले गर्दा चिनिन्छ अनि यस्तो परिस्थितिमा कोहलीले ब्याटिंग गर्न रुचाउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement