लण्डन: पूर्ण रुपमा गोलो अण्डा भन्दा उदेक लाग्दो कुरा हुन्छl यस्तो अण्डा भेटाउनु र हेर्न पाउनु दुर्लभ नै हुन्छl एक अर्बमा झुक्किएर मात्र हुने एक पूर्ण गोलाकार अण्डा इङ्गल्याण्डमा भएको एक लिलामीमा २०० पाउण्डमा बिक्री भएको छ। यस दुर्लभ अण्डाको अघिल्लो मालिक बर्कशायरले ल्याम्बोर्नका एड पाउनेलले सो अण्डा १५० पाउण्डमा बिक्री गरेका थिए। दुर्लभ अण्डाको मालिक बनेपछि पावनेलले यसलाई लुभेन्टास फाउन्डेसनलाई दान गरेका थिए। सो संस्थाएका परोपकारी संस्था हो, जसले अक्सफोर्ड शायरका युवाहरूलाई जीवन र मानसिक स्वास्थ्य सहायता प्रदान गर्दै आएको छ। त्यसपछि परोपकारी संस्थाले सुरुमा पौनेलको अण्डा लिलामीमा बेच्ने प्रस्तावलाई मजाक भएको ठानेका थिए तर जब अण्डा लिलामीका बारेमा समाचार प्रकाशित गरियो र अन्ततः परोपकारी संस्थाले लिलामी गर्ने निर्णय लियो। ‘हामी हर्षित र रोमाञ्चित छौं, अण्डा बेचेको कारण संस्थाको परोपकारी कामका बारेमा पनि धेरै जानकार भएका छौं,’ उन्डेसनका रोज राप भने। ‘लिलामीबाट उठेको पैसाले १३-१५ वर्षका किशोरहरूलाई उनीहरूको मानसिक स्वास्थ्यका बारेमा मद्दत गर्नेछ, यसले हामीलाई सहयोगको खाँचो परेका वा लामो प्रतीक्षा सूचीमा रहेका युवाहरूसम्म पुग्न सक्षम बनाउनेछ,’ उनले थपे। पछि यो थाहा भयो कि गोलो अण्डा मूलतः एक महिलाले पहिला खरीद गरेकी थिइन, जसले स्कटल्याण्डको स्थानीय सुपरमार्केटबाट बक्समा फेला पारेको जनाएकी छिन्। अण्डा पहिलो पटक बेचेको थोमस रोडिक क्यालनका अनुसार गोलो अण्डाहरू एक अर्बमा एक घटना हो भन्ने विश्वास गरिन्छ।