बंगलादेश प्रति आक्रोशित बनिन् प्रख्यात लेखिका तस्लिमा नसरीन

00-1-Taslima-Nasrin

नयाँ दिल्ली: बंगलादेशमा हिन्दू अल्पसंख्यकमाथि आक्रमणको घटना लगातार बढिरहेको छ। शेख हसिनालाई सत्ताबाट हटाइएपछि बंगलादेशमा हिन्दू मन्दिर र हिन्दू अल्पसंख्यकमाथि आक्रमणका धेरै घटना बाहिर आएका छन्। यसका साथै मन्दिरमा रहेको मूर्ति तोडफोड समेत भएको छ। भारत सरकारको यो प्रतिवेदन अनुसार यस वर्षको ८ दिसम्बरसम्म हिन्दू र अन्य अल्पसंख्यकहरु विरुद्ध हिंसाका २ हजार २ सय घटना सार्वजनिक भएका छन्। हालै बंगलादेशको मयमनसिंह र दिनाजपुरमा दुई दिनभित्र चार हिन्दू मन्दिरका आठ वटा मूर्ति तोडफोड गरेका छन्। बंगलादेशकी प्रख्यात लेखिका तस्लिमा नसरीनले यस विषयमा आफ्नै देशप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। नसरीनले सोसल मिडिया प्लेटफर्म एक्समा यस सम्बन्धमा ट्वीट गरेकी छिन्। तस्लिमाले हिन्दुविरुद्धको हिंसालाई लिएर आफ्नै देशको निन्दा गरिन्। तस्लिमा भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। तस्लिमा नसरीनले आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘मैमनसिंह, दिनाजपुर र नाटोर जिल्लामा पछिल्लो ४८ घण्टामा कम्तीमा चारवटा मन्दिरमा आक्रमण भएको छ। आठ वटा मूर्ति तोडफोड गरियो। नाटोरको श्मशान स्थलमा लुटपाट भएको छ भने पुजारी तरुणचन्द्र दासको पनि हत्या भएको छ। यो देश कुनै समय हिन्दूहरुको थियो तर अहिले बर्बर जिहादीहरुले कब्जा गरेको छ।‘ यस वर्ष ८ दिसम्बरसम्म बंगलादेशमा हिन्दू र अन्य अल्पसंख्यकहरू विरुद्ध हिंसाका कुल २,२०० घटनाहरू रिपोर्ट गरिएको छ, सरकारले शुक्रबार भनेको छ। ढाकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चाल्ने भारतको अपेक्षा छ। विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले अल्पसंख्यक र मानव अधिकार संगठनहरूको तथ्यांकलाई उद्धृत गर्दै लोकसभामा एक प्रश्नको लिखित जवाफमा यो जानकारी दिए। सिंहले भने, ‘यस वर्ष अक्टोबरसम्म पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यकहरू विरुद्ध हिंसाका घटनाहरूको संख्या ११२ थियो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement