खरसाङ: तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल शुरु भएको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको दोस्रो चरणको खेल अन्तर्गत पहिलो म्याच शिवखोला एफसी र नाइन स्टार दार्जिलिङमसझ सम्पन्न भएको थियो। यस खेलमा निर्धारित समयसम्म पनि दुवै दलले कुनै गोल गर्न सकेन। निर्धारित समयसम्म पनि कुनै गोल नभएपछि पेनाल्टी सुट आउटमा शिवखोला एफसीले नाइन स्टार दार्जिलिङलाई ५-३ को अन्तरले पराजित गर्दै क्वाटर फाइनलमा पुग्न सफल बनेको छ। यस खेलमा शिवखोला एफसीको गोलकिपर अभिजित रोय म्यान अफ् द म्याज चयन भएका छन्। अब आईतबार हुने दोस्रो चरणको दोस्रो खेल सिविटार युनाइटेड र नर्थ बेंगल आम पुलिसमाझ सम्पन्न हुने जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको सह कोषाध्यक्ष सुभम प्रधानले दिएका छन्।

उनले बताए अनुसार तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा हुनेछ भने विजेतालाई ट्रफीससहित नगदराशि दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।