सिलगढी: प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सिलगढी नाट्य मेला-२०२५ को १ जनवरीमा रंगारंग शोभायात्राको साथ शुरु हुनेछ। सिलगढीका सबै नाटक समूहको संयुक्त प्रयासमा २२औँ नाटक मेलामा कुल ७ छानिएका नाटकहरू मञ्चन गरिनेछन्। सिलगढीमा पत्रकार सम्मेलन गर्दै नाट्य मेलाका सदस्यहरूले यो जानकारी दिए। कार्यक्रममा पूर्वमन्त्री तथा नगरका पूर्व मेयर अशोक भट्टाचार्यको उपस्थिति रहेको थियो। अशोक भट्टाचार्यका अनुसार हरेक जनआन्दोलनको मुख्य माध्यम नाटक हो। उनले नाटक हेर्नु,का साथै राम्रो नाटकको पनि आनन्द लिन आग्रह गरे।