नर्थ गुवाहाटी जर्नालिष्ट फोरमले पत्रकारिता पुरस्कारको घोषणा

IMG-20240717-WA0003

गुवाहाटी(असम): नर्थ गुवाहाटी जर्नालिष्ट फोरमले यस वर्ष असमको पत्रकारितमा विशेष योगदान पुऱ्याउने तीजना पत्रकारलाई सम्मान गर्ने घोषणा गरेको छ।
नारायण सुपरस्पेशलिटी अस्पतालको सहयोगमा आयोजना हुने सो कार्यक्रममा दैनिक असमका वरिष्ठ पत्रकार जीतेन्द्र कुमार चौधरीलाई रमेश चन्द नाथ स्मृति पुरस्कार, न्यूज लाइभका वरिष्ठ पत्रकार नन्दन प्रतिम शर्मा बरदलैलाई जगत चन्द गोगोई स्मृति पुरस्कार तथा नलबाड़ीका वरिष्ठ पत्रकार मजिबुर रहमानलाई भुवन चन्द दत्ता स्मृति ग्रामीण पत्रकारिता पुरस्कारब्दारा सम्मान गरिने छ।
सो पुरस्कार बितरण समारोह आगामी २७ दिसम्बरका दिन अमिनगाउँस्थित लोक निर्माण विभागीय सभागृहमा आयोजना गरिनेछ। कार्यक्रममा मुख्य अतिथिका भाषाविद् डा. उपेन हाकाचाम उपस्थित रहने कार्यक्रममा अतिथिहरू कामरूप जिल्लाका उपायुक्त देवकुमार मिश्रा र मुख्यमन्त्रीका विशेष कार्य अधिकारी हेमन्त चौधरी सहभागी हुनेछन्।
फोरमले जिल्लाका सबै पत्रकारहरूसंग उक्त गरिमामय कार्यक्रममा उपस्थित हुन अनुरोध गरेको जानकारी फोरमका सल्लाहकार मुनिन डेका, गोविन्द दास, अध्यक्ष रञ्जन दत्ता ऱ सचिव कौशिक दासले बिज्ञप्ति मार्फत दिेए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement