प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि कुवेत पुगे

00-1-PM-Modi-2-copy-5

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा शनिबार कुवेत आइपुगे, जहाँ उनले कुवेती नेतृत्वसँग वार्ता गर्नेछन् र “विभिन्न क्षेत्रमा भारत-कुवेत मित्रतालाई सुदृढ पार्न” भारतीय प्रवासीलाई भेट्नेछन्। कुवेतका अमिर शेख मिशाल अल अहमद अल जाबेर अल सबाको निमन्त्रणामा मोदी कुवेत पुगेका हुन्। ४३ वर्षपछि भारतीय प्रधानमन्त्रीको यो पहिलो कुवेत भ्रमण हो। प्रधानमन्त्री मोदीले ‘एक्स’मा लेखेका छन्, ‘’कुवेतमा हार्दिक स्वागत छ। ४३ वर्षमा भारतीय प्रधानमन्त्रीको यो पहिलो भ्रमण हो र यसले नि:स्सन्देह भारत-कुवेत मित्रतालाई विभिन्न क्षेत्रमा बलियो बनाउनेछ। म आज र भोलिका लागि तय भएका कार्यक्रमहरूको प्रतिक्षामा छु।” मोदीको आगमनमा कुवेतका प्रथम उपप्रधानमन्त्री शेख फहाद युसेफ साउद अल-सबाहले उहाँलाई हार्दिक स्वागत गरे। “एउटा नयाँ अध्याय शुरु हुँदैछ,” विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जैसवालले ‘एक्स’ मा पोस्टमा भने। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत पुगेका छन्। कुवेतका प्रथम उपप्रधानमन्त्री शेख फहाद युसेफ साउद अल–सबाह, विदेशमन्त्री अब्दुल्लाह अली अल–याह्यालगायत अन्य मन्त्री तथा विशिष्ट व्यक्तिले प्रधानमन्त्री मोदीलाई विमानस्थलमा न्यानो स्वागत गरेl

कुवेत जानुअघि उनले कुवेतका शीर्ष नेतृत्वसँगको वार्ताले भारत र कुवेतबीचको भावी साझेदारीको मार्गचित्र तयार गर्ने अवसर हुने बताए। उनले भने, “हामी कुवेतसँगको हाम्रो ऐतिहासिक सम्बन्धलाई पुस्ता पुस्तासम्मको महत्व दिन्छौं। हामी बलियो व्यापार र ऊर्जा साझेदार मात्र होइनौं, तर पश्चिम एसियाली क्षेत्रमा शान्ति, सुरक्षा, स्थायित्व र समृद्धिमा पनि साझा चासो रहेको मोदीले कुवेतका अमिर, युवराज र प्रधानमन्त्रीसँगको भेटको प्रतीक्षामा रहेको बताए। प्रधानमन्त्रीले यहाँ २६औँ अरेबियन गल्फ कपको उद्घाटन समारोहमा पनि सहभागी हुनुहुनेछ। कुवेत भ्रमण गर्ने अन्तिम भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी थिइन्, जसले सन् १९८१ मा कुवेतको भ्रमण गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement