झापाका दुई किशोरी तीन सातादेखि बेपत्ता

IMG-20241221-WA0304

बिर्तामोड: झापाको बुद्धशान्ति गाउँपालिकाबाट तीन साताअघि बेपत्ता भएका दुई किशोरीहरू अझै नभेटिएको परिवारले बताएका छन्।
२० दिनअघि घरबाटै हराएका ती किशोरीहरू अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन्। बुद्धशान्ति-२ की १३ वर्षीया कामना रणपहेँली र वडा नम्बर १ की १४ वर्षीया गृष्मा नेपाली बेपत्ता भएका छन्।कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा सङ्गीता नेपालीका अनुसार उनीहरूलाई सबै ठाउँमा खोजतलास गरिए पनि कुनै जानकारी पाउन सकिएको छैन।
स्थानीय प्रहरी कार्यालय, माइती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए।
सम्पर्कविहीन किशोरीहरूको बारेमा बुधबारे प्रहरी चौकीमा बुझ्दा पहिले पनि स्थानीय मेलाबाट हराएर केही दिनपछि प्रहरीले नै खोजेर ती किशोरीहरूलाई अभिभावकको जिम्मा लगाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement