गैर सरकारी मार्केट कम्प्लेक्सको देवल भत्किँदा ३ वटा बाइक क्षतिग्रस्त

सिलगढी: सिलगढीको हिलकार्ट रोडको एउटा गैर सरकारी मार्केट कम्प्लेक्सको देवल अत्याधिक वर्षाले गर्दा भत्किँदा ३ वटा बाइक क्षतिग्रस्त बनेको छ। तथापि, घटनामा कसैको ज्यानलाई कुनै नोक्सान भएको छैन। प्राप्त जानकारीअनुसार हिजो साँझदेखि अबेर रातिसम्म परेको अधिक वर्षाले गर्दा सिलगढी सहरको विभिन्न इलाका जलमग्न बनेको छ। सिलगढीको हिलकार्ट रोडको बाटा गल्ली नजिक रहेको गैर सरकारी मार्केटको पछिल्तिर देवल भत्केर ढल्दा ३ वटा बाइक क्षतिग्रस्त बनेको बताइएको छ। स्थानीय मानिसहरूले बताए अनुसार लगातार परेको अधिक वर्षाले गर्दा गत राति उक्त देवल भत्किएको हो । तथापि, पानी रोकिएपछि स्थानीय मानिसहरूको सहयोगमा उक्त भत्किएको देवल हटाउने कार्य गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement