गान्तोक। विद्या भारती सिक्किमद्वारा दार्जीलिङको बिजनबारीमा सञ्चालित विद्या ज्योति एकाडेमीमा एक समन्वय बैठक आयोजन गरियो। विद्यालयका शिक्षकगण, एसएमसी, ट्रस्टका सदस्यहरूसित आयोजित समन्वय बैठकमा विद्या भारती सिक्किमका अध्यक्ष, महासचिव, समन्वयक, कोषाध्यक्ष र प्रशिक्षण प्रमुख सहभागी बनेका थिए।
विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएको जानकारी अनुसार, बैठकमा शैक्षिक र सांगठनिक विषयमाथि चर्चा गरियो। टोलीले विद्यालय क्याम्पस र कक्षाहरूको भ्रमण पनि गरे। यसैगरी, लङ्गुरदाङस्थित हिमाली विद्या निकेतनमा पनि समन्वय सभा आयोजन गरियो। टोलीले सामाजिक कार्यकर्ताहरूसॅंग भेट गर्नुका साथै विद्यादीप शैक्षिक संस्थानको पनि भ्रमण गरेको बताइएको छ।
विद्या भारती सिक्किमद्वारा सञ्चालित सरस्वती विद्या निकेतन तुमिनमा प्रबन्धन समितिको नेतृत्वमा विद्यालय परिवार, अभिभावक एवं प्रान्त संयोजकमाझ बैठक सम्पन्न भयो। विशेष गरी विद्यालय मरम्मति साथै सुन्दरीकरण, वर्तमान शिक्षा पद्धति, आर्थिक पक्ष, परीक्षा जस्ता विषयहरूमा चर्चा गरियो। विभिन्न योग आधारित कार्यक्रम आगामी २१ जूनमा विद्यालयद्वारा प्रस्तुतिका साथै अन्तरराष्ट्रिय योग दिवस मनाउने तय गरेको छ।