नमस्ते आईडल सिजन दुईको अडिसन राउण्ड सम्पन्न

IMG-20241221-WA0305

खरसाङ: नमस्ते आईडल सिजन दुईको अडिसन राउण्ड आज शनिवार सम्पन्न भएको छ। यस अन्तर्गत लाइभ राउण्डमा जम्मा १३ जना प्रतियोगीहरुले भाग लिएका‌ थिए। यसपाली निर्णायक मण्डलीमा संगीतकार महेश्वर लामा र उपेन्द्र प्रधान अनि संगीतकार तथा गीतकार प्रमिता गुरुङ उपस्थित रहेका थिए। तीनैजनाको निर्णयपछि लाइभ राउण्डबाट १३ जनालाई नै चयन गरेर ट्र्याक राउण्डमा लगिएको थियो भने ट्रयाक राउण्डबाट १३ जनाबाट १० जनालाई ट्रिब्युट राउण्डको लागि चयन गरिएको छ। उक्त १० जनाले अब आईतबार ट्रिब्युट राउण्डको लागि प्रस्तुति दिनेछन्। नमस्ते आइडल सिजन दुईको विजेतालाई ट्रफीससहित नगदराशि २५ हजार प्रदान गरिने भएको छ जसलाई अमेरिकाबाट अर्जुन राई र टिमले सहयोग गर्ने नमस्ते खरसाङको प्रबन्ध निर्देशक निर्मल गुरुङले जानकारी गराएका छन्‌‌। उनले‌ बताए अनुसार उप विजेतालाई ट्रफीससहित नगदराशि १५ हजार नगदराशि र तेस्रो हुनेलाई पनि ट्रफीसहित नगदराशि १० हजार प्रदान गरिने भएको छ जसलाई हङकङबाट प्रायोजित गरिने भएको छ। आजको नमस्ते आईडल सिजन दुईको अडिसन कार्यक्रमलाई‌ विश्व सुब्बाले सञ्चालन गरेका थिए। उल्लेखनीय छ गत वर्ष नमस्ते आईडल सिजन एकको विजेता अमन गुरुङ बनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement