सिलगढी: ब्यांकको किस्ता तिर्न नसकेपछि सिलगढी इस्टर्न बाईपास पूर्वी फाकदाई बारीका एक युवकले आत्महत्या गरेका छन्। पेशाले टोटो चालक सनथकुमार साह (वर्ष २४) नाम गरेका यी युवकले ब्यांकबाट ऋण लिएका थिए। टोटोको लागि ऋण लिएको हुनसक्ने अनुमान गरिएको छ। परिवारका सदस्यहरुका अनुसार युवक धेरै प्रकारको ऋणको बोझले दबिएका थिए। हिजो ब्यांकले उनलाई रकम तिर्न दबाव दिएको बताइएको छ। ती युवकमाथि ४० हजारदेखि १ लाख रुपियाँसम्म ऋण रहेको परिवारबाट बताइएको छ। युवकले कुनै न कुनै रुपमा टोटो चलाएर आफ्नो परिवार पाल्न थाले। परिवारको आर्थिक अवस्था राम्रो नहुँदा विभिन्न प्रकारका ऋणमा युवक फसेको पनि बताइएको छ। अन्ततः हिजो दिउँसो ती युवकले आत्महत्या गरे। दुखद घटनापछि परिवार शोकमा डुबेको छ। परिवारका सबै सदस्य रोइरहेका छन्। युवक झुण्डिएको देखे पछि सिलगढी जिल्ला अस्पतालमा ल्याइएको थियो, तर डाक्टरहरूले उनलाई मृत घोषित गरे। पछि पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज अस्पताल लगियो। यद्यपी ती युवक निकै राम्रो स्वभावको रहेको र परिवारमा कुनै किसिमको समस्या नभएको स्थानीयवासीले बताएका छन्।