दक्षिण दिनाजपुर: दक्षिण दिनाजपुर जिल्लामा नाटकको प्रवर्द्धनका लागि पश्चिम बंगाल सरकारले निर्माण गरेको नाट्य उत्कर्ष केन्द्रमा प्रत्येक वर्ष दक्षिण दिनाजपुर जिल्ला प्रशासनले नाटय पर्बण नामक नाटक महोत्सव आयोजना गर्ने गरेको छ। जहाँ जिल्लाका विभिन्न स्थानबाट आएका थिएटर समूहले नयाँ नयाँ नाटक मञ्चन गर्ने गरेका छन्। नाटक हेर्न ठूलो संख्यामा दर्शकहरु आउने गरेका छन्।

यस वर्ष पनि जिल्ला प्रशासनले २६ देखि ३० दिसम्बरसम्म नाटय पर्बण नाट्य महोत्सव आयोजना गर्ने भएको छ। त्यस नाटय-पर्वनको अवसरमा शुक्रबार साँझ करिब ७ बजे दक्षिण दिनाजपुर जिल्ला प्रशासनले नाट्य उत्कर्ष केन्द्रमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। दक्षिण दिनाजपुर जिल्लाका जिल्लापाल बिजिन कृष्ण, दक्षिण दिनाजपुर जिल्लाका सहायक अध्यक्ष अम्ब्रीश सरकार, अतिरिक्त जिल्ला अधिकारी सुभोदीप मण्डल र अन्य अधिकारीहरू उपस्थित थिए। जिल्ला प्रशासनले यस वर्षदेखि यस नाट्य पर्वलाई नयाँ नाम ‘बंगलार नाट्य पर्बन’ राखेको जिल्लापालले जानकारी दिए। यो वर्ष नाटक महोत्सव तेस्रो वर्षमा प्रवेश गरेको जिल्लापालले बताए। यस वर्ष यस नाटक महोत्सवमा जिल्लाका २० टिमको सहभागिता रहनेछ।