जीटीए कार्मचारी संगठन पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सांगठनिक सभा

IMG-20241221-WA0300

खरसाङ: भागोप्रमो भातृ संगठन जीटीए कार्मचारी संगठन पंखाबारी लंगभ्यु अम्बटे समष्टिको सांगठनिक सभा गाडीधुरा सार्वजनिक भवनमा समष्टि सभापति मणिराज डुम्जनको सभापतित्वमा शनिवार सम्पन्न भयो। सभामा समष्टि मनोनित सभासद प्रणाम रसाइली साथै समष्टि पर्यवेक्षक अनु प्रधानको विशेष उपस्थिति रहेको थियो। समष्टि सचिव ललित प्रधानले सञ्चालन गरेको सभालाई अनु प्रधान, भागोप्रमो केन्द्रीय समिति सदस्य सन्तोस लामा, जीटीए कर्मचारी संगठन खरसाङ महुकमा समिति महासचिव सुदमा शर्मा, जीटीए कर्मचारी केन्द्रीय समिति सदस्य बिजय प्रधान आदिले सम्बोधन गरेका थिए। अनु प्रधानले आफ्नो सम्बधोनमा विगतमा जीटीए कर्मचारीहरूको धेरै समस्याहरू रहे तापनि अहिले आएर जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा उनीहरूको समस्याहरूको निवारण भएको जनाइन् साथै टाढाको देवताभन्दा नजिकको भूत नै काम लाग्ने भन्ने जीटीए कर्मचारी संगठन सदस्यहरूलाई एउटै छाताको मुनि संगठित भई बसिदिने अनुरोध गरिन्। जीटीए कर्मचारीको समस्यामा भागोप्रमो मेरूदण्डको रूपमा खडा हुने तिनले वचन दिइन्। मनोनित सभासद प्रणाम रसाईलीले समष्टि स्तरीय जीटीए कर्मचारी संगठन संगठित भइ कार्य गरिदिने अनुरोध गरे। जीटीए प्रमुख कार्यपाल अनित थापाको राज्य सरकारसँग राम्रो सम्बन्ध भएको कारणले जीटीए कर्मचारीको दीर्घदिनको वेतन वृद्धिको माग केही हदसम्म समाधान भएको जनाए। तिनले जीटीए प्रमुख कार्यपाल अनित थापा आफूले चोट सहेर पनि जनताको हितमा कार्य गर्ने नेता रहेको औ उनको हात बलियो बनाउन संगठित भई कार्य गरिदिने अनुरोध गरे। समष्टि सभापति साथै सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले आज कर्मचारी संगठनका नवनिर्वाचित सदस्यहरूलाई संगठित भइ कार्य गरिदिने अनुरोध गरे।

सभामा पंखाबारी लंगभ्यु अम्बटे समष्टि जीटीए कर्मचारी संगठनको सभापति सुनिल छेत्री, महासचिव सुदीर देवान, उपसभापति बिराज लामा, केशव शर्मा, सहसचिव प्रदीप छेत्री, बसन लामा अनि कोषाध्यक्ष भरत विश्वकर्मा, उपकोषाध्यक्ष पूर्ण बहादुर राई, प्रचार प्रसार सचिव महेन्द्र थापालाई सर्वसम्मतिले चयन गरियो। सभामा समष्टि सांगठनिक सचिव मौसम लामा, समिति सदस्य चन्द्र प्रसाद शर्मा, प्रचार प्रसार सचिव जिनोद परियार आदिको विशेष उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement