इटहरी: जेसिज महाधिवेशनको उद्घाटन गर्न प्रधानमन्त्री केपी सर्मा ओली शनिवार इटहरी आउँदै छन्। प्रधानमन्त्री आउने भएपछि सुरक्षा निकायलाई चेकजाँचका लागि भ्याइ नभ्याई छ।

प्रधानमन्त्रीको सुरक्षाकाच लागि भनेर एक हजार सुरक्षाकर्मीलाई परिचालन गरेको सुरक्षा निकायले महाधिवेशन स्थलमा प्रत्येकलाई चेकजाँच गरेर मात्र प्रवेस गराइरहेको छ। चेकजाँचमा खटिएका प्रहरी अधिकारी प्रत्येकलाई भनिरहेका हुन्छन् ‘बाहिरबाट ल्याइएको केही भित्र लान मनाइ छ। पानी, भोला, चुरोट, खैनी बाहिरै राख्नुहोला।’

पानी समेत खान नपाइने हो भन्ने जिज्ञासामा ती प्रहरी अधिकारीले भने, ‘पानी भित्र लान पाइँदैन, कालो मास्क, लगायत सबै खोल्नुपर्छ।”