दार्जिलिङ प्रेस गिल्डको २४औं स्थापना दिवससितै मिडिया कार्यशाला सम्पन्न

IMG-20241221-WA0246

दार्जिलिङ: दार्जिलिङ क्षेत्रमा रहेका पत्रकारहरुका संगठन दार्जिलिङ प्रेस गिल्डको २४औं स्थापना दिवस समारोह दार्जिलिङमा सम्पन्न भएको छ। उक्त स्थापना दिवस समारोह दार्जिलिङ प्रेस गिल्डको सभापति दिप गजमेरको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको सल्लाहकार एवं। अधिवक्ता अमर लामा, दार्जिलिङ नगरपालिकाको चेयरम्यान दिपेन ठकुरी, पाद्री गङ्गाप्रसाद प्रधान पत्रकारिता पुरस्कार प्रापक पूर्व पत्रकार गिदोन लेप्चा उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा अतिथिहरुका बाहुलीबाट दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा‌ दार्जिलिङ प्रेस गिल्डको थिम गीत गाएर कार्यक्रम शुरु गरिएको थियो। समीर छेत्रीले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पत्रकार सविता संकल्पले राखेकी थिइन्। कार्यक्रममा मिडियामाथि कार्यशाला पनि राखिएको थियो। उक्त मिडिया कार्यशाला अन्तर्गत वरिष्ठ अधिवक्ता प्रणय राईले मिडियामा कानुनी सर सल्लाह र जनचेतनामूलक जानकारी राखेका थिए। त्यसरी नै वरिष्ठ पत्रकार विवेक छेत्रीद्वारा मिडियाको नैतिकता विषयमा बोलेका थिए। दुवैको परिचय वरिष्ठ पत्रकार एंव दार्जिलिङ प्रेस गिल्डका कोषाध्यक्ष मोहन लामाले राखेका थिए। कार्यक्रममा दार्जिलिङ प्रेस गिल्डको इतिहास र उद्देश्य विषयमा सभापति दिप गजमेर वक्तव्य राखेका थिए भने दार्जिलिङ प्रेस गिल्डको उपलब्धिहरु विषयमा सचिव आदित्य रायाले आफ्नो वक्तव्यमा जानकारी गराएका थिए। कार्यक्रममा दार्जिलिङको त्रिवेणी संगीतालयका नानीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा दार्जिलिङ प्रेस गिल्डको पूर्व सदस्य – सदस्याहरु र कार्यक्रममा‌ उपस्थित विशिष्ट अतिथिहरुलाई पनि दार्जिलिङ प्रेस गिल्डको तर्फबाट स्मृति चिन्ह प्रदान गरिएको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन दार्जिलिङ प्रेस गिल्डको सह सचिव एंव पत्रकार धनराज घिसिङले धन्यवाद ज्ञापन राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement