शीर्ष क्रमका ब्याटरहरूलाई असल प्रदर्शन गर्ने परामर्श दिए जडेजा

IMG-20241221-WA0229

मेलबर्न: भारतका स्टार अलराउण्डर रविन्द्र जडेजाजे शनिवार शीर्ष क्रमका ब्याटरहरूले रन नबनाउँदा तल्लो क्रममाथि दबाउ सृष्टि हुने बताउँदै बक्सिंग डे टेस्ट म्याचमा ब्याटरहरूबाट असल प्रदर्शनको आशा गरे। अष्ट्रेलियाविरुद्ध वर्षाबाधित ब्रिसबेन टेस्ट म्याचमा जडेजाले पहिलो ईनिंग्समा ७७ रन बनाएर म्याच ड्र गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। भारतीय टीम अहिले मेलबर्नमा चौथो टेस्ट म्याचको तयारी गरिरहेको छ। जडेजाले एउटा संक्षिप्त बातचीतको क्रममा भारतले बाहिर खेल्दा शीर्ष क्रमले रन बनाउनु जरूरी रहेको बताए। विशेषहरी दक्षिण अफ्रिका र अष्ट्रेलियामा खेल्दा। उनले शीर्ष क्रमले रन बनाउन नसके तल्लो क्रममाथि दबाउ सृष्टि हुने बताए। उनले भने, चौथो टेस्टमा शीर्ष र मध्यक्रमले असल रन बनाउने आशा छ। हामीलाई विशेषगरी शीर्ष क्रमबाट असल प्रदर्शनको आवश्यकता छ। ब्याटिंगमा सबैले योगदान दिए टीमको प्रदर्शन असल हुनेछ। ब्रिसबेनमा केएल राहुल (८४ रन)-लाई छोड़ेर शीर्ष क्रममा अन्य कुनै पनि ब्याटरले असल रन बनाउन सकेका थिएनन्। पहिलो २ वटा टेस्टमा बाहिर रहने जडेजालाई ब्रिसबेनमा मौका दिइएको थियो।
जडेजाले भने, पहिलो २ वटा टेस्ट म्याचबाट बाहिर रहँदा उनले परिस्थितिसँग तालमेल मिलाउने अनि गाबा टेस्ट म्याचको तयारी गर्ने समय पाए। उनले भने, मलाई यहाँको परिस्थितिसँग तालमेल मिलाउन पर्याप्त समय प्राप्त भयो। म धेरै दिनदेखि यहाँ छु। टीमको साथ लगातार बलिंग र ब्याटिंग अभ्यास गरिरहेको छु। यसैकारण मैदानमा ओर्लिएपछि समस्या भएन। नेटमा होमवर्कले मलाई फाइदा भयो। बक्सिंग डे टेस्ट म्याचबारे जडेजाले भने, तीनवटा टेस्ट म्याचपछि सीरीज १-१-को बराबरीमा रहेको छ। आउँदो २ वटा म्याच महत्त्वपूर्ण हुनेछ। यसमा एउटा टेस्ट जित्न सके पनि ट्रफी हामीसँग रहनेछ कारण हामी गत दुईपल्टका विजेता हौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement