गुवाहाटी(असम): उत्तर पूर्वी परिषद (एनईसी)-को ७२औं पूर्ण सत्र पहिलो पटक त्रिपुरामा आयोजना हुन गइरहेको छ। केन्द्रिय गृहमन्त्री एवं एनईसीका अध्यक्ष अमित शाहले यस ऐतिहासिक सत्रको अध्यक्षता गर्ने कार्यक्रम छ।
उक्त अवसरमा असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा तथा अन्य सम्मानित व्यक्तित्वहरू उपस्थित रहने छन्।
सो क्रममा, त्रिपुराका मुख्यमन्त्री माणिक साहाले शुक्रवार अगरतलाका प्रमुख स्थलहरू क्रमश :उज्जयन्त प्यालेस र प्रज्ञा भवनको निरीक्षण भ्रमण गरी कार्यक्रमको तयारीका सम्बन्धमा अबगत गरे। उनले सो क्रममा अधिकारीहरूलाई निर्देश दिएl यस वर्ष एनईसीको ७२औं पूर्ण सत्र त्रिपुरामा आयोजना हुने छ। यसको लागि विशेष प्रबन्ध गरिएका मध्ये उज्जयन्त प्यालेसमा हुने एक भव्य कार्यक्रम पनि समाबेश छ। मुख्य सत्र प्रज्ञा भवनमा हुनेछ।