एनजेपी पुलिस चौकीद्वारा २७ वटा गाई उद्धार

IMG-20241221-WA0131

सिलगढी: एनजेपी थानाको पुलिसले फेरि एक ठूलो सफलता हात लागेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा गाईहरू लुकाएर तस्करी गर्ने प्रयास गरेको आरोपमा एनजेपी थानाले फुलबारीको चुनाभट्टी इलाकामा नियन्त्रणमा लिएको छ। शनिबार बिहान गरे। गाडीको खोजी गर्दा २७ वटा गाई बरामद भएको छ।

सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग न०  ३१ फुलबारी नजिकै चुनाभट्टी क्षेत्रमा सडकमा प्रहरी भ्यान देखेपछि चालक र सहचालक गाईले भरिएको कन्टेनर छोडेर भागेका थिए। स्मरण रहोस्, दुई दिनअघि फुलबारी इलाकाबाट पुलिसले गाई बोकेको ट्रक बरामद गरेको थियो भने दुई दिनभित्रै एनजेपी चौकीले फेरि ठूलो सफलता हात पारेको छ। २७ वटा गाईलाई कन्टेनरमा हालेर बिहारबाट फुलबारी हुँदै असम लैजाने गरेको बताइएको छ। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement