पर्यावरणविद् एंव पूर्व विङ् कमाण्डर प्रफुल रावलाई दोस्रो दार्जिलिङ प्रेस गिल्ड सम्मान प्रदान

IMG-20241221-WA0187

दार्जिलिङ: पर्यावरणविद् एंव पूर्व विङ् कमाण्डर प्रफुल रावलाई दोस्रो दार्जिलिङ प्रेस गिल्ड सम्मान प्रदान गरिएको छ। दार्जिलिङ प्रेस गिल्डको २४औं स्थापना दिवसको अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको छ। यस अवसरमा उनलाई प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट खदार्पणसहित नेपाली/गोर्खा टोपी पहिराएर साथै शल‌ ओढाएर अनि स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको छ। यस अवसरमा उनलाई प्रदान गरिएको सम्मान पत्र पत्रकार रेजा प्रधानले पठन गरेका थिए। उक्त दोस्रो दार्जिलिङ प्रेस गिल्ड सम्मानद्वारा सम्मानित भएपछि पर्यावरणविद् प्रफुल रावले आफ्नो सम्बोधनमा आफुले पर्यावरण र हिमालय क्षेत्रमा कार्य गर्दा दार्जिलिङ -कालेबुङका‌ पत्रकारहरुसित राम्रो सम्बन्ध बनिएको र यो सम्मानको लागि पनि आभार प्रकट गरेका छन्। उनले पर्यावरण र पैह्रो विषयमा जनचेतनामूलक सम्भाषण राखेका थिए।
विंग कमाण्डर प्रफुल राव(सेवानिवृत्त) कालेबुङका बासिन्दा हुन् र उनले सेप्टेम्बर २००७ मा गैरसरकारी संस्था सेभ द हिल्स (एसटीएच) स्थापना गरेका हुन्। यस संस्थाले दार्जिलिङ-सिक्किम हिमालय क्षेत्रमा जोखिम न्यूनीकरण (डीआरआर) का मुद्दाहरूमा प्रमुख आवाजको रूपमा आफूलाई स्थापित गरेको छ। विगतका वर्षहरूमा, एसटीएचले हिमालय क्षेत्रका कमजोर वातावरणीय समस्याहरूलाई सम्बोधन गर्न आधारभूत तहदेखि नै जनचेतना जगाउने र कारबाही अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ। विंग कमाण्डर प्रफुल राव(सेवानिवृत्त) दार्जिलिङ हिमालय इनिसिएटिभ (DHI) का अध्यक्ष पनि हुन्, जुन पश्चिम बंगालको इंटेग्रेटेड माउन्टेन इनिसिएटिभ (IMI) को अध्याय हो। यसबाहेक, उनी धेरै वर्षसम्म डाक्टर ग्राहम्स होम्स का उपाध्यक्ष पनि रहेका थिए।
उल्लेखनीय छ पहिलो दार्जिलिङ प्रेस गिल्ड सम्मान वरिष्ठ पत्रकार केशव प्रधानलाई प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement