दार्जीलिङ: सोरेंग अनएम्प्लोयड यूथको आयोजनमा आइतवार (२२ दिसम्बर) देखि शुरु हुने खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको आधिकारिक शेड्यूल जारी भयो। सोरेंग खेल मैदान, दार्जीलिङमा हुने यस सेवेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २१ वटा टीमले हिस्सा लिनेछ। आइतवार हुने उद्घाटन म्याचमा युनाइटेड सुम्बुक र टिस्टा युनाइटेडबीच भिड़न्त हुनेछ। फाइनल २ फरवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।