भारत र मालद्वीपको महिला टीमबीच जोड़ी मैत्री म्याच खेलिने

IMG-20241221-WA0173

नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ- ले भारतीय महिला फुटबल टीम र मालद्वीव महिला फुटबल टीमबीच २ वटा फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेलिने पुष्टि गरेको छ। एआईएफएफ-द्वारा जारी बयानमा भनिएको छ, भारत र मालद्वीपको महिला फूटबल टीमबीच ३० दिसम्बर र २ जनवरीमा २ वटा मैत्री म्याच खेलिनेछ। यी दुवै म्याच बेंगलुरु स्थित पादुकोण-द्रविड़ सेण्टर फर् स्पोर्ट्स एक्सीलेन्समा खेलिनेछ। म्याच भारतीय समयानुसार दिउँसो ३:३० बजीदेखि शुरु हुनेछ। गत ३ दिसम्बरमा जारी नवीनतम फिफा ऱ्याङकिंगमा भारत ६९औं र मालदीव १६३औं स्थानमा छ। भारतीय महिला फूटबल टीमले अन्तिमपल्ट अक्टोबरमा साफ महिला च्याम्पियनशीपमा हिस्सा लिएको थियो। त्यस टुर्नामेण्टमा भारत सेमिफाइनलमा नेपालविरुद्ध पराजित भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement