काठमाण्डू: भारतीय अभिनेता जॉन अब्राहमले चितवनमा हुने हात्ती प्रतियोगितामा हात्ती माथि दुर्ववहार हुने भन्दै उक्त प्रतियोगिता रोक्न नेपाल सरकारलाई पत्र लेखेका छन।
पत्रमा छ: ‘यी बुद्धिमान र संवेदनशील जनावरले खेलको क्रममा शारीरिक र भावनात्मक कष्ट सहन्छन्,’उनीहरू धेरै अर्थबाट राष्ट्रिय खजाना हुन्। नेपालसँग यी सुन्दर जनावरलाई संरक्षण र सम्मान गरेर अघि बढ्ने मौका छ। नेपालको लागि मेरो हृदयमा विशेष स्थान छ। महोत्सवमा हात्तीलाई कुटेर रग!ताम्मे पर्ने गरिएको र पर्यटकको सवारीको लागि पनि प्रयोग गर्ने गरिएको छ। म विश्वस्त छु कि जंगली जनावरप्रतिको माया र अनुपम प्राकृतिक सौन्दर्यको संरक्षण हुनेछ।’