उत्सर्ग रक्तदान शिविरको आयोजना

22-33-33-e0d3890e-1984-4117-a34b-5ebaa32ff415-1024x576.jpg

सिलगढी। सिलगढी मेट्रोपोलिटन पुलिसको तर्फबाट आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने उद्देश्य लिएर यो कार्यक्रमको आयोजना गरिएको हो। सिलगढीका पुलिस कमिश्नर गौरव शर्माको पहलमा आजदेखि शुरु गरिएको उक्त शिविर एक सप्ताहसम्म चल्नेछ। एनजेपी थाना, मेडिकल आउटपोस्ट तथा पानीटयाङ्की ट्राफिक गार्डमा रक्तदान शिविरको आयोजना गरिएको छ।
सिगढी तराई लायन्स ब्लड व्याङ्कको सहयोगमा उक्त शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा धेरैजना पुलिस कर्मी लगायत साधारण मानिसहरूले स्वेच्छाले रक्तदान गरे। एनजेपी थानामा रक्तदाताहरूलाई उत्साह प्रदान गर्न डीसीपी (पूर्व) जय टुडु, एसीपी (पूर्व) सुभेन्द्र कुमार, एसीपी (डीडी) राजेन छेत्री उपस्थित थिए।

About Author

Advertisement