स्वास्थ्य मन्त्रीब्दारा हेपाटाइटिस ‘ए’ को रोकथाम र नियन्त्रण गर्न राज्यवासीको नाममा अपील

IMG-20240717-WA0003

गान्तोक: राज्यमा बढ्दो हेपाटाइटिस ‘ए’ को संक्रमणलाई ध्यानमा राख्दै सिक्किम सरकारको स्वास्थ्य विभागका मन्त्री जीटी ढुङ्गेलले सर्वसाधरणका लागि यो रोगबाट जोगिन र स्वास्थ्य सतर्कताका उपायहरू अप्नाउन आह्वान गरेका छन्।
मन्त्री ढुंगेलले आज एक भिडियो सन्देश मार्फत चिकित्सहरूको सल्लाह र सुझाव अनुसार मानिसहरूलाई स्वास्थ्य सचेतना सम्बन्धि जानकारी लिएर सतर्कता अप्नाउन आग्रह गरेका छन्। मन्त्रीले पानी उमालेर मात्र पिउने , बोतलको सिलबन्दी पानी पिउने जथाभावी फास्ट-फुडहरू नखान आवहान गर्दै सतर्कता नै यो रोगबाट बँच्ने ठूलो उपाय रहेको बताएका छन्।
उल्लेखनीय छ, वर्तमानमा विशेषगरि राजधानीमा हेपाटाइटिस ‘ए’ को संक्रमण बढिरहेको देखिएको छ। एसटीएनएम अस्पताल र सीआरएचको ओपीडी र आईपीडीबाट गत एक दिसम्बरदेखि अहिलेसम्म यस्ता ३३ घटना अघि देखा परेको स्वास्थ्य विभागले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement