सिक्किम खुल्ला भलिबल टुर्नामेन्टको उपाधि आर्म पुलिसले आफ्नो पोल्टामा पारे

n6440991811734632285252dc34bf49b04c434cdaa18c2dc3a3b5d3a9691576349343cff52f7e85d39e01d5

गान्तोक: सिक्किम आर्म पुलिस (एसएपी) सिक्किम खुल्ला भलिबल टुर्नामेन्टको विजेता बनेका छन्। बेस्ट अफ् फाइभ अन्तर्गत एसएपीले लगातार तीन कोर्ट आफ्नो नाममा गरेर उपाधि आफ्नो पोल्टामा पारेका छन्।
सो खेल अन्तर्गत एसएपीका नुशन शर्मालाई उत्कृष्ट प्रदर्शनका लागि म्यान अफ् द म्याच र सूर्य बस्नेतलाई म्यान अफ् द टुर्नामेन्ट चयन गरिएको छ।
विजेता टीमलाई मुख्य अतिथि बिधायक मदन सिन्चुरीले नगद ८०हजार र उपविजेता टीमलाई ५० हजार नगदसहित आकर्षक ट्रफी प्रदान गरेका छन। उक्त ट्रफीहरू स्वर्गीय बाल कुमार शर्मा र स्वर्गीय मायादेवी शर्माका परिवारले प्रायोजन गरेका थिए।
नाम्ची जिल्लाको अप्पर सामाटारमा सञ्चालित गैर सरकारी संस्था रत्न ज्योति क्लबको ४२औं स्थापना दिवसको अवसरमा आयोजित सो टुर्नामेन्टको फाइनल खेलको पूर्वार्धमा जूम सालघारी समष्टिका विधायक मदन सिन्चुरी प्रमुख अतिथि, सिक्किम गोर्खा जागरण संघका अध्यक्ष बलवीर तामाङ, स्थानीय जिल्ला पञ्चायत सदस्य विष्णुमाया शर्मा विशिष्ट अतिथि रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि विधायक सिञ्चुरीले समाजको स्थापना गर्नु भनेको केवल यसलाई सञ्चालन गर्नु मात्र होइन, युवाहरूलाई मार्गदर्शन गर्नु पर्ने सबैको दायित्व रहेको बताए। उनले सिक्किमको शान्ति र यहॉंका नागरिकहरूबीच कायम राख्नु पर्ने सौहार्दपूर्ण व्यवहारबारे बोल्दै उनले राज्यमा आपराधिक घटनाहरूमा आएको कमीका लागि मुख्यमन्त्री र राज्यका जनतालाई बधाई दिए। जोरथाङमा आयोजना गरिने राज्यस्तरीय माघे संक्रान्ति उत्सवबारे बोल्दै विधायकले यो उत्सव नागाल्याण्डको हर्नबिल फेस्टिवल सरह भव्यरूपमा आयोजना गरिने र उत्सवमा बाङ्गे बजार सबैका लागि मुख्य आकर्षण रहने बताउॅंदै यसका लागि तयारी चलिरहेको पनि अवगत गराए। उनले बाङ्गे बजारमा केवल पारम्परिक सामग्री, जैविक खाद्य र पेय पदार्थहरू उपलब्ध रहने बताए। उनले उत्सव अन्तर्गत ९ जनवरीदेखि मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता सुरू हुने र फाइनल खेल २१ जनवरी, २०२५मा सम्पन्न हुने बताए।
सो कार्यक्रममा क्लबका अध्यक्ष जीपी अधिकारी, महासचिव टीका सिग्देल, खेल सचिव प्रमोद दाहाल लगायत अन्य पदाधिकारीहरू र सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement