गान्तोक: बारहीमिजोङ पर्वको शुभ अवसरमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले प्रदेशवासीहरू, विशेषगरि मगर समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
राज्यपालले आज आफ्नो सन्देश मार्फत भनेका छन्, ‘बारहीमिजोङको शुभ अवसरमा सबै प्रदेशवासीहरू, विशेष रूपमा सिक्किमका मंगर समुदायप्रति आफ्नो मंगलमय शुभ कामना प्रेषित गर्दछु।
बारहीमिजोङ मगर समुदायको निम्ति आफ्ना पुर्खाहरू र कुलदेवताहरूप्रति सम्मान प्रकट गर्ने सबैभन्दा महत्वपूर्ण चाडहरू मध्ये एक हो।’
राज्यपालले भने, ‘यस चाडले मगर समुदायको समृद्ध सांस्कृतिक धरोहर र परम्पराहरूलाई प्रतिबिम्बित गर्दछ। सिक्किम, आफ्नो अद्वितीय विविध संस्कृतिहरूको अनुकरणीय उदाहरण हो।’ उनले सिक्किमवासीहरूलाई एकता, भाइचारा र आपसी सौहार्दता कायम राख्न आह्वान गरेको छ।