रोलु दिवसलाई केन्द्र गरी झण्डा लगाउने कार्य युद्धस्तरमा

IMG-20241219-WA0237

गान्तोक: आगामी २१ दिसम्बरको दिन पालन गरिने १६औं रोलु दिवस तयारीलाई लिएर राज्यभरिनै एसकेएम पार्टीले झन्डा लगाउने कार्य युद्धस्तरमा शुरू गरेको छ। यसै प्रकारले मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको झण्डा लगाउने कार्य युद्ध स्तरमा १६औं रोलु दिवसलाई भव्यताका साथ पालन गर्न पार्टीका पदाधिकारीहरू एवं सक्रिय कार्यकर्ताहरूको तत्परतामा पार्टीको झण्डा लगाउने कार्य चलिरहेको छ। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गदर्शनमा तथा क्षेत्र विधायक सुदेश कुमार सुव्बाको दिशा निर्देशनमा आगामी १६औं रोलु दिवसलाई लिएर मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको झण्डा लगाउने कार्य युद्ध स्तरमा सञ्चालन भइरहेको छ। एसकेएम पार्टी प्रवक्ता कृष्ण लेप्चा,सीएलसी अध्यक्ष दावा नोर्बु शेर्पा, लगायत अन्य सक्रिय सदस्यहरूको उपस्थितिमा क्षेत्रका विभिन्न स्थानमा एसकेएम पार्टीको झण्डा लगाउने कार्य भईरहेको छ भने १६औं रोलु दिवसलाई भव्य र सभ्य ढंगमा सफल पार्न पार्टीका कार्यकर्ताहरू लागिपरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement