लागु औषध नियन्त्रणमाथि जिल्लापालले गरिन् समन्वय बैठक

IMG-20241219-WA0234

गान्तोक: नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङको अध्यक्षतमा आज नार्कोको एक समन्वय सभा जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। उक्त सभामा महकुमा अधिकारी (कार्यालय) निम पिन्छो भोटिया, सीएमओ नाम्ची डा. एसएन अधिकारी लगायत विभिन्न विभागका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। सभामा जिल्लापाल तामलिङले जिल्लामा लागूपदार्थ दुरुपयोग नियन्त्रण गर्न लागू गरिएका विभिन्न पहलहरूबारे जानकारी लिँदै सिक्किम एन्टी ड्रग्स एक्ट अन्तर्गत विगत महिनाहरूमा दर्ता भएका विभिन्न मुद्दाहरूको तथ्याङ्कबारे समीक्षा गरिन्।
यसका साथै, उनले सम्बन्धित विभागहरूलाई जिल्लाभरिका संवेदनशील क्षेत्रहरूमा गस्ती तीव्र पार्न निर्देशन दिँदै समुदायलाई लागूपदार्थ दुरुपयोगको खतराहरूबारे शिक्षित गर्न सचेतना कार्यक्रम आयोजना गरिनुपर्ने विषयमा जोड दिइन्।
सोही प्रकारले उनले कृषि विभागलाई गाँजा खेती नियन्त्रण गर्न उपायहरू कार्यान्वयन गर्न सुझाउ दिँदै विभागलाई जिल्लाभरि मदिराको अवैध बिक्रीको निगरानी गर्न निर्देशन दिइन्।
उनले लाइन विभागहरूलाई विभिन्न भूमिका र जिम्मेवारीहरू दिँदै जिल्लाबाट लागूपदार्थ दुरुपयोग उन्मूलन गर्न समन्वयमा काम गर्न अनुरोध गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement