मंगनमा गुनासो निवारण शिविरको आयोजना

IMG-20241219-WA0232

गान्तोक: राष्ट्रव्यापी अभियान “प्रशासन गाउँ की ओर” २०२४ अन्तर्गत आज जिल्ला प्रशासनिक केन्द्र मंगनले माङसिला-तिबुक ग्राम प्रशासन केन्द्रमा सुशासन सप्ताहको एक भागको रूपमा ‘विशेष सार्वजनिक गुनासो निवारण शिविर’ आयोजना गर्‍यो। यस अभियानको उद्देश्य जनताले उठाएका गुनासो र सरोकारहरूलाई तुरुन्तै प्रभावकारी रूपमा सम्बोधन गर्नु हो, यसले जनतालाई प्रदान गरिने सेवाहरूको गुणस्तर र दक्षता बढाउने पनि लक्ष्य राखेको छ। माङसिला-तिबुक ग्राम प्रशासन केन्द्रमा गुनासो निवारण शिविरको नेतृत्व महकुमा अधिकारी प्रकाश राईले गरेका थिए। कार्यक्रममा भू-राजस्व एवम आपदा प्रबन्धन अधिकारी अनन्त राई, लगायत विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महकुमा अधिकारी प्रकाश राईले यस अभियानको मुख्य उद्देश्य जनतालाई सक्रियरूपमा सहभागी बनाउनु रहेको बताए। उक्त अवसरमा विभिन्न वार्डका पञ्चायतहरूले जनताले भोग्न परिरहेको विभिन्न समस्याहरूबारे जानकारी गराउँदै उनीहरूको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेबारेमा प्रश्न उठाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement