विनिसियस जूनियर बने फिफा सालका सर्वश्रेष्ठ फूटबलर, महिलाहरूमा बोनमाटी सर्वश्रेष्ठ

photocollage_20241219221912914

दोहा: रियल म्याड्रिडका स्टार खेलाड़ी विनिसियस जूनियरलाई फिफाले सालका सर्वश्रेष्ठ पुरुष खेलाड़ी चयन गऱ्यो जबकि बार्सिलोनाकी ऐटाना बोनमाटीले सर्वश्रेष्ठ महिला फूटबलरको पुरस्कार जितिन्। यसअघि २४ वर्षीय विनिसियसलाई पछि छोड़ेर अक्टोबरमा म्यानचेष्टर सिटीका रोड्रीले बेलोन डीओर पुरस्कार जितेका थिए। यसको विरोधमा विनिसियसको क्लब रियल म्याड्रिडले पेरिसमा भएको पुरस्कार समारोह वहिष्कार गरेको थियो। यसपाली फिफा पुरस्कारहरूमा चाहिँ रोड्री ५ पोइण्ट्सले गर्दा विनिसियसभन्दा पछि रहे।ब्राजीलका फरवर्ड विनिसियस फिफा समारोहमा पुरस्कार लिन आएका थिए। उनले भने, कहाँबाट शुरु गरूँ भन्ने बुझ्न सकेको छुइनँ। यहाँसम्म पुग्नेछु भन्ने सोचेको थिइनँ। म गरीबी र अपराधले गर्दा बदनाम साओ गोंकालोको गल्लीहरूमा खाली खुट्टा फूटबल खेल्थे। यहाँसम्म पुग्नु मेरो निम्ति महत्त्वपूर्ण रह्यो। म ती नानीहरूका निम्ति प्रेरणा बन्ने चाहन्छु जसलाई सबैथोक असम्भव लाग्छ।
स्पेनकी दिग्गज मीडफिल्डर बोनमाटीले लगातार दुई साल बेलोन डीओर जितेपछि फिफा पुरस्कार पनि हासिल गरिन्। उनले भनिन्, यो सबै टीमको प्रयासले गर्दा हो। यो साल मेरो निम्ति यादगार रह्यो। म आफ्नो क्लब, साथी खेलाड़ीहरू अनि सबैलाई धन्यवाद दिन्छु। दुवै पुरस्कारको निम्ति ११ जना खेलाड़ीहरूलाई नामित गरिएको थियो। त्यसपछि वर्तमान कप्तान, प्रशिक्षक, प्रशंसकहरू र मीडियाको भोटले विजेताको चयन भयो। यसको निम्ति २१ अगस्त २०२३-देखि १० अगस्त २०२४-सम्मको प्रदर्शनलाई आधार राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement