रोहिणी जबरहाटमा भागोप्रमोको सभा अनि शाखा समिति गठन

IMG-20241219-WA0216

खरसाङ: भागोप्रमो रोहिणी खण्ड समितिको आयोजनामा जबरहाट युनिट कमिटी गठन हेतु सभा सम्पन्न भएको छ। ब्लक सभापति दिपक तामाङको सभापतित्वमा सम्पन्न सभामा पार्टीको जबरहाट शाखा कमिटी गठन गरियो। यस कमिटीमा सभापति जोन उराँव, उप सभापति फिरोज राई, सचिव एतवा असुर, सह सचिव बिजय सोबार, कोषाध्यक्ष विलीयम मिञ्ज, सह कोषाध्यक्ष गोबिन छेत्री, प्रमुख सल्लाहकारहरू उत्तम मुखिया, सूर्य कुमार राई, टिकाराम शेर्पा, कार्यकारिणी सदस्यहरू पनि चयन गरिएको छ। सभालाई खरसाङ महकुमाको सांगठनिक सचिव गजेन प्रधान, ब्लक सचिव उत्तम मुखिया, सभापति दिपक तामाङ आदिले सम्बोधन गरेका थिए। चयनित सबै प्रतिनिधिगणलाई शुभकामना एवं गाउँ विकासको निम्ति एकजुट भएर अघि बड्ने आह्वान् गरियो। सभालाई विकास गुरूङले सञ्चालन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement