मिरिक: आगमी ३१ दिनम्बरकाे रात नयाँ वर्षलाई स्वागत अनि पुरानाे वर्षलाई विदाई गर्न मिरिक हाइलेण्डर अनि टिम पालाजकाे आयाेजनामा विन्टर फेस्ट अन्तर्गत साँगीतिक कार्यक्रमकाे आयाेजना गरिने भएकाे छ। उक्त कार्यक्रममा लाेकप्रिय गायक राजु लामा मंगोलियन हार्टसहित मिरिक आउने भएकाे छ। गायक राजु लामाले ३१ दिसम्बरकाे साँझ मिरिकको आले खेल मैदानमा गीतहरू गाउने छन्। यस अवसरमा सबैलाई सहभागी भइदिने आयाेजकहरूले अनुराेध गरेका छन्। आयाेजकहरूकाे पक्षमा बाेल्दै समीर राईले नयाँ वर्षकाे स्वागतमा गरिने उक्त कार्यक्रमलाई भब्य रूपमा आयाेजना गर्ने तयारी भइरहेकाे जानकारी गराउँदै कार्यक्रममा मिरिक, दार्जिलिङ, खरसाङ, सुके खण्ड ,सिलगडी, तराई, डुवर्स, छिमेकी राष्ट्र नेपाल, सिक्किम राज्य आदि ठाउँका संगीतप्रेमीहरू सहभागी बन्ने आशा गरिएकाे बताएका छन्। तिनले कार्यक्रमकाेवलागि आयाेजकहरूले टिकट उपलब्ध गराएकाे जानकारी गराउँदै केही दिनमा अनलाइन टिकटकाे बुकिङ पनि शुरू हुने बताए।