खरसाङ: तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्ट अन्तर्गत बिहिबार भएको खेलमा नर्थ बेंगल वारियर्सले जलपाईगुडी पुलिसलाई ४-३ को अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको आयोजनामा तीनधारेको मिठाईडाँडा खेल मैदानमा भईरहेको तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको बिहिबार भएको खेलको पहिलो हाफमा नर्थ बेंगल वारियर्सको जर्सी नम्बर १० जोय हरि बर्मनले १४ औं मिनटमा गोल गरेर बढत बनाएका थिए। यस म्याचको पहिलो हाफमा नर्थ बेंगल वारियर्सले ३ गोल गरेको थियो भने जलपाईगुडी पुलिसले १ गोल गरेको थियो। पहिलो हाफको खेल ३-१ को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको खेलमा नर्थ बेंगल वारियर्सले थप १ गोल गरेर स्कोर ४ बनाएको थियो भने जलपाईगुडी पुलिसले पनि दोस्रो हाफको खेलमा थप २ गोल गरेर स्कोर 3 बनाए पनि नर्थ बेंगल वारियर्सले यो खेल ४-३ को अन्तरले जित्दै दोस्रो चरणमा प्रवेश गरेको छ। यस खेलमा
नर्थ बेंगल वारियर्सको तर्फबाट जोय हरि बर्मनले दुई गोल, आशिष घोष र अनिकेत एक्काले एक -एक गोल गरेका थिए। त्यसरी नै जलपाईगुडी पुलिसको तर्फबाट विशाल रोय, दिलिप सोरेन र शनि टोप्पोले एक -एक गोल गरेका थिए। यस खेलमा दुई गोल गर्ने नर्थ बेंगल वारियर्सको खेलाडी जोय हरि बर्मनलाई म्यान अफ् द म्याच चयन गरिएको छ। अब शुक्रबार हुने खेल एसएफए र सिपाहीधुरा एथलेटिक्स क्लबमाझ सम्पन्न हुने भएको जानकारी युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएसनको तर्फबाट सुभम प्रधानले जानकारी गराएका छन्। उल्लेखनीय छ तीनधारे च्यालेञ्च कप फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि दुई लाख नगदराशि र उप विजेतालाई आकर्षक ट्रफीसहित नगदराशि एक लाख रुपियाँ प्रदान गरिने भएको छ। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १२ जनवरीमा हुने भएको छ।