गान्तोक: सिक्किमका राज्यपाल ओमप्रकाश माथुर आज राजभवनमा आयोजित राष्ट्रिय एकता यात्राको (एनआइटी २०२४-२५) ध्वजारोहण समारोहमा सहभागी बनेभारतीय सेनाको ब्ल्याक क्याट डिभिजनद्वारा आयोजित यात्रा राष्ट्रको विकासमा योगदान दिन समर्थ बनाउने उद्देश्यका साथ युवाहरूलाई प्रेरित अनि सक्षम बनाउनु रहेको छ।

अपरेशन सद्भावना अन्तर्गत आयोजित राष्ट्रिय एकता यात्रा विशेष रूपमा पूर्व सिक्किमको छाङ्गु, थेगु, क्योङनोसला जस्ता सुदूर अनि सीमावर्ती गाउँका विद्यार्थीहरूको निम्ति तयार पारिएको हो। गत ८ दिसम्बरदेखि शुरु भएको यात्रा १८ दिसम्बरको दिन समापन भएको थियो, जसमा २४ जना महिला विद्यार्थीका साथ २५ जना विद्यार्थी लगायत चारजना शिक्षकलाई देशको समृद्ध सांस्कृतिक धरोहरको खोज गर्ने विशेष अवसर प्रदान गरिएको थियो।

आफ्नो सम्बोधनमा राज्यपालले सेनाको प्रयास र यसमा विशेष गरी राष्ट्रिय एकता कार्यक्रमको रूपरेखा तयार गरी कार्यान्वयनका लागि मेजर जेनरल अमित कब्तियालको सराहना गरे। कार्यक्रम विद्यार्थीहरूलाई विकसित भारत@२०२४ तर्फ राष्ट्रको विकासका लागि तयार गर्दै सर्वाङ्गीण विकासमाथि केन्द्रित थियो।

सिकाईको विस्तारित अनुभव प्रदान गर्न ग्रामीण सिक्किमका युवाहरूलाई सामेल गराउने भारतीय सेनाको पहलको पनि राज्यपालले प्रशंसा गरे। विद्यार्थीहरूको यात्राका साथमा भारतको समृद्ध विरासतमाथि जानकारी प्रदान गर्ने भिडियो प्रस्तुतिको पनि उनले सराहना गरे।

विद्यार्थीहरूलाई आफ्नो यात्राबारे अनुभवको संक्षिप्त विवरण पठाउन आग्रह गर्दै, त्यसपछि चर्चाका लागि राजभवनमा आमन्त्रित गर्ने राज्यपालले बताए। यस प्रकारको पहलमाथि बल दिँदै, राष्ट्रको विकासका लागि युवाहरूलाई मार्गदर्शन प्रदान गर्ने महत्त्वपूर्ण अवसर रहेको बताए।

विद्यार्थीहरूले आफ्नो दिल्ली भ्रमणबारे अनुभव साझा गर्दै सपना साकार भएको बताए। भारतीय सेनाको प्रशिक्षण केन्द्रको भ्रणमबाट धेरै प्रेरित बनेको र सैनिकहरूको कठोर प्रशिक्षणको साक्षी बनेपछि भारतीय सेनामा सामेल हुने प्रेरणा पाएको बताए। साथै यस अनुभवले उनीहरूलाई उज्ज्वल अनि समुचित भविष्यका लागि सपना देख्न सक्षम बनाएको पनि बताए। कार्यक्रममा भिडियो र फोटो एल्बम प्रस्तुतिका साथमा यात्रा विवरण पनि सामेल थियो। विद्यार्थीहरूले दिल्ली, देहरादून, मुसौरी र कोलकाता भ्रमणको अवसर दिएवापत भारतीय सेनाप्रति आभार व्यक्त गरे। राज्यपालद्वारा अन्त्यमा ध्वज लहराइयो, जसपछि राष्ट्रिय एकता यात्रा कार्यक्रम आधिकारिक रूपमा समापन भयो। -पीआईबी