उत्तर बंगाल विकास विभागले आर्थिक वर्ष २०२४-२५ मा उत्तर बङ्गालमा ६९५ नयाँ परियोजनाहरू शुरु गर्‍यो

IMG-20241219-WA0200

सिलगढी: उत्तर बंगाल विकास विभागले आर्थिक वर्ष २०२४-२५ मा उत्तर बंगालमा ६९५ नयाँ परियोजनाहरू शुरू गरेको छ, जसको लागत ७३५ करोड रुपियाँ हुनेछ। विभाग मन्त्री उदयन गुहाले बिहीबार सिलगढीको उत्तरकन्यामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिए। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशनमा पहिलो पटक सीप विकास तालिम दिइने उनले बताए। यो तालिम प्राविधिक शिक्षा विभागसँगको सहकार्यमा हुनेछ। यसका लागि ४० करोड रुपियाँ विनियोजन गरिएको छ। तालिम प्राप्त युवालाई तालिम मात्र नभई रोजगारीको पनि व्यवस्था गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement