बालकलाई ठक्कर दिएर भागेकोमोटरसाइकल लुकाएको अवस्थामा भेटियो

IMG-20241219-WA0208

बेलबारी: मोरङको सुन्दरहरैंचामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा फेला परेको छ।
सोमबार राति १२.३० बजेतिर सुन्दरहरैंचा ४ पंकज पेट्रोल पम्प नजिक तत्काल नामथर नखुलेको ब्यत्ति अचेत अवस्थामा फेला परेका थिए। घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल बूढीगंगा लगिएको थियो।
अनुसन्धानका क्रममा उनी सुनसरीको इटहरी उपमहानगरपालिका ११ खनारका हिरण्यप्रसाद दाहालका छोरा १६ वर्षीय ज्ञानेन्द्र दाहाल रहेको खुलेको थियो। उनलाई गछियाबाट बलियातर्फ जाँदै गरेको को १७ प ६५५४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको खुलेपछि इलाका प्रहरी कार्यालय, बेलबारीबाट खटिएको टोलीले मोटरसाइकल खोजी थालेको थियो।
बेलबारीका प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले दिउँसो १२:३० बजेतिर उक्त मोटरसाइकल सुन्दरहरैंचा ५ दुलारीमा लुकाएर राखेको अवस्थामा फेला पारेको हो। साथै, प्रहरीले चालक भारत घर भई हाल सुन्दरहरैंचा ४ दुलारीस्थित लक्ष्मी चौधरीको घरमा डेरा गरी बस्ने ३७ वर्षीय रामप्रसाद पण्डितलाई पक्राउ गरेको छ।
उनलाई लेटाङ नगरपालिका २ स्थित उत्तरी मोरङ क्रसरबाट नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय, बेलबारीमा ल्याई राखिएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement