आइजोल(मिज़ोरम): मिज़ोरमको चम्पई जिल्लामा असम राइफल्स र वन विभागले चलाएको एक संयुक्त अभियान अन्तर्गत चारवटा दुर्लभ प्रजातिका डी ब्राजा बाँदरलाई उद्धार गरेका छन्। मिजोरम पुलिसले आज सोको जानकारी गराउदै यी बाँदरहरूको मूल्य अऩुमानित ६० लाख रुपियाँ रहेको बताए।
गुप्त सूचनाको आधारमा जोखावथारको सीओबी टीमले थांगखुपा काई नजिक क्रसिंग प्वोइन्ट-३ मा धराप थापेर एकजना बन्य जन्तु तस्करलाई समातिए। जसले यी दुर्लभ प्रजातिका बाँदरहरूलाई सीमा पारि तस्करी गर्ने प्रयास गरिरहेको थिए।
पक्राउ पर्ने तस्कर र बाँदरहरूलाई अग्रिम जाँच तथा कानूनी कारबाहीको लागि चम्पई वन विभागमा बुझाइए छ।

यस अभियानलाई वन्यजन्तु तस्करी रोकथामको दिशामा एक महत्वपूर्ण सफलता मानिएको छ।