३१ अगस्तः न्यूजील्याण्डका अलराउण्डर कोलिन डी ग्राण्डहोमले बुधवार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे। ग्राण्डहोमले यस हप्ता आफ्नो फसेलालाई लिएर न्यूजील्याण्ड क्रिकेट बोर्डसँग कुरा गरेका थिए अनि बोर्ड उनलाई केन्द्रीय अनुबन्धबाट मुक्त गर्न तयार भएको थियो। जिम्बाब्वेका जन्मिएका ग्राण्डहोमको भनाइअनुसार, सन्न्यास लिने फसेलापछि चोट र तीनैवटा प्रारूपमा लगातार प्रतिस्पर्धाबाहेक अन्य कारणहरू पनि रहेको छ। ग्राण्डहोमले एउटा बयानमा भनेका छन्, अहिले म युवा छुइनँ अनि विशेषगरी चोटहरूले गर्दा अभ्यास गर्नु मुश्किल हुन्छ। म यस कुरालाई स्वीकार गर्छु। नानीहरू ठूलो भइरहेका छन् अनि अब म क्रिकेटपछि आफ्नो भविष्यमाथि ध्यान केन्द्रित गर्न चाहन्छु। गत केही हप्तादेखि मेरो दिमागमा यही सब कुराहरू चलिरहेको थियो। साल २०१२-मा पदार्पणपछि मलाई न्यूजील्याण्डको तर्फबाट खेल्ने मौका प्राप्त भयो। यसको निम्ति म आफूलाई भाग्यशाली ठान्छु। मलाई आफ्नो अन्तर्राष्ट्रिय करियरमाथि गर्व छ तर सन्न्यास लिने यही सटीक समय हो।
ग्राण्डहोमले न्यूजील्याण्डको तर्फबाट २९ वटा टेस्ट म्याच खेलेर ३८.७०-को औसतले १४३२ रन बनाए। यसमा वेष्ट इण्डिज र दक्षिण अफ्रिका विरुद्ध बनाएको शतक पनि सामेल छ। यसको साथमा उनले ३२.९५-को औसतले ४९ विकेट पनि लिए। यसरी नै उनले ४५ वटा वनडे म्याचमा ७४२ रन बनाउनको साथै ३० विकेट लिए। ग्राण्डहोमको उपस्थितिमा न्यूजील्याण्डको टीमले २०१९ विश्व कपको फाइनलमा स्थान बनाएको थियो। यस अलराउण्डरले ४१ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलेर ५०५ रन बनाउनको साथै १२ विकेट हासिल गरे।