दिसपुर क्यापिटल कम्प्लेक्समा निषेधाज्ञा लागू

IMG-20240717-WA0003

गुवाहाटी(असम): असमको राजधानी दिसपुर क्षेत्रमा कानून-व्यवस्थालाई कायम राख्न निषेधाज्ञा लागू गरिएको छ। यो आदेश गुवाहाटीको ईस्ट पुलिस डिस्ट्रिक्टका उपायुक्त मृणाल डेकाले जारी गरेका हुन्।
प्रशासनले विरोध-प्रदर्शन तथा आन्दोलनले अव्यवस्था सृजना हुने आशंका गर्दै भारतीय नागरिक सुरक्षा संहिता-२०२३ को धारा १६३- लाई प्रयोग गरी यो आदेश लागू गरिएको हो जसले अधिकारीहरूलाई सार्वजनिक शान्ति भंग गर्ने गतिविधि तथा भीड़लाई कारबाही गर्ने अधिकार दिनेछ।
सो आदेश अनुसार दिसपुर क्यापिटल कम्प्लेक्सदेखि एक किलोमीटरको घेराभित्र पाँचजनाभन्दा बढ़ी मानिसहरू भेला हुन पाइने छैन। यसवाहेक अनुमति बिना विरोध प्रदर्शन, जुलूस एवं नाराबाजी पनि गर्न समेत रोक लगाइएको छ।
यो प्रतिबन्ध १९ दिसम्बरदेखि लागू हुनेछl जसको उद्देश्य सो क्षेत्रमा सामान्य जनजीवनलाई सुचारू राख्नु हो।
तर आदेशलाई उल्लंघन गर्नेहरूका बिरूद्ध कड़ा कारबाही गरिनेछ। प्रशासनले सबै व्यक्ति एवं संगठनहरूसित अपील गरेको छl
उनीहरूले यी नियमहरूको उल्लंघन नगरून्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement