असम राइफल्सले वीर शहिद जवानहरूलाई श्रद्धाञ्जलि अर्पण

FB_IMG_1734612429053

शिलंग(मेघालय): असम राइफल्सले बिहीवार आफ्नो कर्तव्य मार्गमा उच्च बलिदान दिने वीर जवानहरूको सम्मानमा एक समारोह आयोजना गरिएको छl सो समारोहमा श्रद्धाञ्जलि अर्पण गरिएका जवानहरू प्रति क्रम : राइफलम्यान जोगे राम कुमोनी (१०औं असम राइफल्स) १९ दिसम्बर, १९६२-मा शहीद,
राइफलम्यान जला राम डोगरा (१०औं असम राइफल्स) १९ दिसम्बर, १९६२-मा शहीद, राइफलम्यान मन बहादुर पुन (१०औं असम राइफल्स) १९ दिसम्बर, १९६२-मा शहीद, मेजर एस.के. पाठक, सेना मेडल (४औं असम राइफल्स) १९ दिसम्बर, १९६५-मा शहीद, हवलदार विद्या सागर (४औं असम राइफल्स) १९ दिसम्बर, १९६५मा शहीद, राइफलम्यान पदम बहादुर सरकी (४औं असम राइफल्स) १९ दिसम्बर, १९६५-मा बलिदान भएका थिए।
सो समारोहयी नायकहरूको विरासतमाथि चर्चा परिचर्चा गर्दै जसको निःस्वार्थ समर्पण र साहसबाट नयाँ पिँढ़ीहरूले प्रेरणा लिनु पर्ने बताए। असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल विकास लखेरा, एवीएसएम, वाईएसएम, एसएमले अन्य वरिष्ठ ऱ्याक सहित यी बहादुर सैनिकहरूलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।यो दिनले देशप्रति असम राइफल्सको अटुट प्रतिबद्धता र यसको सम्प्रभुताको रक्षामा उनीहरूको भूमिकाको स्मरण गराउने छ। स्मारक समारोहमा बलिदान र सेवाका मूल्यहरूलाई कायम राख्न शपथ लिई सैनिकहरूले उदाहरण प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement