- ‘संगीत सम्मान पुरस्कार’ प्रसिद्ध मणिपुरी नृत्याङ्गना श्रीमती एलाम इन्दिरा देवीलाई प्रदान गरिने
- ‘क्यारिङ माइन्ड्स अन्तर्राष्ट्रिय पुरस्कार’ मास्टर अनिर्बान रोयलाई प्रदान गरिने
कोलकाता: डोभर लेन म्युजिक कन्फ्रेन्सको प्रेस मिटमा प्याटनका एमडी सञ्जय बुधियाले विशेष सम्बोधन गरेका छन्l उनको सम्बोधनलाई यहाँ जस्ताको तस्तै अनुवाद गरिएको छl ‘म विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु श्रीमती रोनकिनी गुप्ता, श्रीमती अङ्किता जोशीलाई, जो मुम्बईबाट यस प्रेस मिटमा सहभागी हुन आएका छन्, साथै आजको यो प्रेस सम्मेलनलाई सार्थक बनाउन आएका सबै संगीत उस्तादहरूलाई। म सबैलाई मंगललमय क्रिसमस र नयाँ वर्षको अग्रिम शुभकामना दिन चाहन्छु। जाडोको मौसम शुरु भएसँगै, हाम्रो सिटी अफ् जोय शहर सांस्कृतिक उत्सवहरूको भावनामा रम्न थाल्छ, र हामी भारतका सबैभन्दा प्रतिष्ठित, प्रतीक्षित र लोकप्रिय चाडपर्वहरूमध्ये एक- डोभर लेन म्युजिक कन्फ्रेन्सबाट शुरुवात गर्छौं। वर्षौंको यात्रामा यो कन्फ्रेन्सले भारतको समृद्ध सांस्कृतिक सम्पदाको उत्कृष्ट प्रस्तुति मात्र नभई संगीतकार र संगीतप्रेमीहरूको बीचको आपसी सम्बन्धको बलियो उदाहरण पनि प्रस्तुत गरेको छ। यो कन्फ्रेन्समा सहभागी हुनको लागि संसारभरिबाट मानिसहरू कोलकातामा आउने गरेका छन्।
महान संगीत गुरुहरूको म विशेष रुपमा उच्च प्रशंसा गर्न चाहन्छु, जसले सम्मेलनको साँचो धरोहरलाई कायम राख्न आफ्नो मूल्यवान समय समर्पण गर्छन्। म जान्दछु, उनीहरूले सम्मेलनको फाइदाको लागि कुनै पनि प्रयास बाँकी राख्दैनन्, जसले यसलाई अन्तर्राष्ट्रिय संगीत रडारमा विशेष स्थान दिने बनाउँछ। म डोभर लेन संगीत सम्मेलनका आयोजकहरूको कठोर परिश्रम, लगनशीलता, र समर्पणको विशेष प्रशंसा गर्दछु। हरेक वर्ष अघि सेट गरिएको उच्च मापदण्डलाई पार गर्न अझै गाह्रो र चुनौतीपूर्ण बनाउँदै जाने कामलाई उनीहरूले धेरै सफलतापूर्वक पूरा गर्छन्।
अन्तमा, हाम्रो सम्मेलनप्रति भावनात्मक सम्बन्ध राख्ने मिडियाका साथीहरूलाई बिर्सन सकिँदैन। यो प्रतिष्ठित शास्त्रीय संगीत सभालाई व्यापक रूपमा प्रचार गर्ने र विश्वभर यसको प्रसारण गरेर यस कार्यक्रमलाई विशेष स्थान दिलाउन तपाईंहरूको अविरल सहयोगलाई म सधैं सम्झन्छु। तपाईंहरूको अनवरत प्रयास र योगदानका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्दछु, जसले यो सम्मेलनलाई अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त बनाउन सहयोग पुर्याएको छ। यस वर्ष, ‘संगीत सम्मान पुरस्कार’ प्रसिद्ध मणिपुरी नृत्याङ्गना श्रीमती एलाम इन्दिरा देवीलाई प्रदान गरिनेछ। हरेक वर्षझैं, हामी ‘क्यारिङ माइन्ड्स अन्तर्राष्ट्रिय पुरस्कार’ युवा प्रतिभाहरूलाई प्रदान गर्दै आएका छौं। म खुशीसाथ घोषणा गर्न चाहन्छु, यस वर्ष यो पुरस्कार मास्टर अनिर्बान रोय (१३ वर्ष) लाई उनको अद्भुत बाँसुरी प्रस्तुतीहरूका लागि प्रदान गरिनेछ।‘’