गाईवस्तु तस्करीको आरोपमा दुई जना पक्राउ

IMG-20241219-WA0193-1

सिलगढी: २० वटा गाईवस्तु तस्करीको आरोपमा दुई जना पक्राउ परेका छन्। गोप्य स्रोतहरूबाट सूचना पाएपछि न्यू जलपाईगढी थानाको पुलिसले फुलबारी नजिकैको गठमा बारी क्षेत्रमा छापा मारेर गाईवस्तुले भरिएको ट्रक समात्यो। भुसको बोराको आडमा गाईवस्तु तस्करी भइरहेको आरोप छ। बिहारबाट असममा गाई तस्करी भइरहेको थाहा आशंका गरिएको छ। घटनामा पुलिस ट्रकका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकालाई भोलि जलपाईगढी जिल्ला अदालतमा पठाइनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement