अलिपुरद्वार: अलिपुरद्वार गोलीकाण्डको तीन दिनपछि पनि दुई आरोपी बेपत्ता छन्। यसलाई लिएर पूर्व तृणमूल विधायक सौरभ चक्रवर्तीले यस्तो आरोप लगाएका छन् कि हिन्दू जागरण मञ्च बाहिरबाट हतियारधारी उपद्रवीहरूलाई राज्यमा ल्याउँदैछ। सौरभको यो बयानमाथि हिन्दू जागरण मञ्चले कडा विरोध जनाएको छ। ज्ञात रहोस्, मंगलबार राति अलिपुरद्वार शहरको यौनपल्ली (रेड लाइट एरिया)मा गोलीकाण्डको घटना भएको थियो, जसमा मोटरसाइकलमा आएका तीन आरोपी मध्ये एक जनाले समाजपाडा क्षेत्रकी बसोबास गर्ने कौशल्या महतोमाथि सामुन्नेबाट हलमा गरेका थिए। जसमा कोशाल्याको मृत्यु भएको समाचार छl आरोपीहरू भाग्ने क्रममा स्थानीयहरूले एक जनालाई समातेर कुटपिट गरे, जसकारण उसको मृत्यु भयो। यता, स्रोतका अनुसार बिहीबारसम्म अलिपुरद्वार जिल्ला पुलिसले मोटरसाइकलमा आएका ती दुई जनलाई पत्ता लगाउन सकेको छैन। अर्कोतर्फ, अलिपुरद्वारका पूर्व विधायक र तृणमूलका जिल्ला अध्यक्ष सौरभ चक्रवर्ती बिहीबार गोलीकाण्डमा मारिएकी कौशल्या महतोको निवासमा गए। मंगलबारको घटनालाई लिएर उनले यो घटनाको पछाडि सिधै बीजेपी र हिन्दू जागरण मञ्चको हात रहेको आरोप लगाए। उनले भने, “अलिपुरद्वार जिल्लामा अशान्ति फैलाउनका लागि बीजेपी र हिन्दू जागरण मञ्च बाहिरबाट हतियारधारी उपद्रवीहरूलाई ल्याउँदैछन्।”
अर्कोतर्फ, तृणमूल नेताको यो दाबीलाई हास्यास्पद भन्दै हिन्दू जागरण मञ्चका उत्तर बंगाल कार्यकारी अधिकारी र पेशाले वकिल पाँचाली नाग सिक्दारले भने, “जो व्यक्ति यस्तो दाबी गर्दैछन्, उनलाई हिन्दू जागरण मञ्चबारे कुनै जानकारी छैन, किनकि हिन्दू जागरण मञ्च एक गैर-राजनीतिक मञ्च हो, जसको एउटै उद्देश्य हिन्दू संस्कृति र हिन्दू समाजको कल्याणका लागि काम गर्नु हो।” उनले थप भने, “वास्तवमा उनीहरू राजनीति गर्छन्, त्यसैले बिना कुनै तथ्य जान्दै-नबुझी टिप्पणी गरिरहेका छन्। अहिलेको समयमा बंगलादेशको अस्थिरता हाम्रो लागि सबैभन्दा ठूलो चिन्ताको विषय हो। पुलिसले यो हेर्नुपर्छ कि गोलीकाण्डमा को संलग्न छ। राज्यका सबै पुलिस नभए पनि अधिकांश पुलिस राम्रो काम गर्छन्। मेरो व्यक्तिगत अनुभवबाट, जब हामी हिन्दू जागरण मञ्चको तर्फबाट कुनै कार्यक्रम गर्छौं, यो जिल्लाको पुलिसले सुरक्षा दिन्छ।”