सप्तरी: कोशी टप्पुमा अर्नाको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का शुभेलाल मण्डलको अर्नाले आक्रमण गर्दा मृत्यु भएको हो।
खेतमा काम गरिरहेका बेला उनलाई अर्नाले आक्रमण गरेको हो। अर्नाको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको थियो। अस्पताल पुर्याएपनि उनको उपचारको क्रममा मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।










