मानव उत्थान सेवा समितिले विश्व ध्यान दिवस पालन गर्ने

00-1-Meditation-copy

सिलगढी: आगामी २१ दिसम्बरको दिन मानव उत्थान सेवा समितिले पनि संयुक्त राष्ट्र संघले पालन गर्ने गरेको विश्व ध्यान दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा पालन गर्ने भएको छl मानव उत्थान सेवा समितिको मूल कार्यालय नयाँ दिल्लीको कार्यालयले जनाएको छ। संगठनका सचिव महात्मा सत्यबोनन्दद्वारा जारी एक विज्ञप्तीमा मानव धर्मका प्रणेता सतपालजी महाराजको आज्ञा अनुसार समितिका प्रत्येक शाखाहरूमा यस दिन स्थानीय सुविधाअनुसार, अन्तर्राष्टिय ध्यान दिवस पालन गर्ने आह्वान गरिएको छ, त्यसै पनि मानव उत्थान सेवा समितिले निरन्तर रुपमा ध्यान र साधनालाई प्रमुखता दिएर आध्यात्मिक ज्ञानको प्रचार गरिरहेको छ। समितिको उत्तर पूर्वाचञ्ल क्षेत्रका विभिन्न शाखाहरूमा पनि २१ तारिक विश्व ध्यान दिवस पालन गरिने भएको जानकारी स्रोतले दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement