इम्फाल ईस्ट जिल्लामा दुई भूमिगत संगठनका शिविर माथि छापा

Manipur-2

इम्फाल(मणिपुर): इम्फाल ईस्ट जिल्लाको मकाउ पौराबी क्षेत्रमा सुरक्षा बलले खोजी अभियानका क्रममा घेराबन्दी गरेर दुईवटा भूमिगत संगठनका शिविरहरुको पर्दाफास गरेका छन्। जस अन्तर्गत एउटा केवाईकेएल (कांगली यावल कन्ना लुप)- को ठेगाना र अर्को प्रीपाक (पीपुल्स रिभोल्यूशनरी पार्टी अफ कांगलीपाक)- को प्रशिक्षण केन्द्र रहेका छन्।
खोजी अभियानको समयमा यी शिविरहरूमा केही आपत्तिजनक वस्तुहरू पनि भेटिएको बताए।
स्रोतका अनुसार केवाईकेएलको ठेगानाबाट बरामद गरिएका वस्तुहरूमा एक थान एयरगन, एक थान की-प्याड मोबाइल फोन (सिम सहित), एक थान बीपी हेलमेट तथा वर्दी रहेका छन्। यसरी नै प्रीपाक शिविरबाट बरामद गरिएका वस्तुहरूमा एक थान इंसास एलएमजी म्यागजिन, ४७ खाली कारतूस, एक थान बायोनट, पाँचथान काठको डमी गन, दुई थान बाओफेंग वकी-टकी, दुईव थान चार चक्के वाहन, एक थान दुईचक्के वाहन, अन्य आपत्तिजनक दस्तावेज एवं वस्तुहरू रहेका छन्।
सुरक्षा बलद्वारा गरिएको यी शिविरमा गरिएका छापामारीबाट सो क्षेत्रमा शान्ति एवं सुरक्षा कायम राख्न सहयोग पुग्ने बताए। अधिकारीहरूले यी संगठनहरूविरूद्ध कड़ा कारबाही गर्ने आश्वासन समेत दिएका छन्।

About Author

Advertisement